नेपालमा थप १ को कोरोनाबाट मृत्यु, हालसम्म मृतकको संख्या ११ पुग्यो

Died_Corona_1

काठमाडौं । बिहिबार मृत्यु भएका सुर्खेत पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ पहिलो साता भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

योसँगै कोरोनाका कराण नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मुम्बईबाट आएर दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका उनको बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा १/१ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top