नेपालभर थप २७८ संक्रमित, कूल संक्रमित संख्या २९१२ पुगे, ३३३ डिस्चार्ज

1 Health

 

काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर २ हजार ९ सय १२ जना संक्रमित पुगेका छन् । ती मध्ये १९५ महिला रहेका छन् भने बाँकी सबै २ हजार ७ सय १७ जना पुरूष रहेका छन् ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । बिहीबार ३ सय ३४ जना थपिएसँगै २ हजार ६ सय ३४ पुगेको थियो ।

साथै उनले देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेकाे पनि बताए । 

पछिल्लो तथ्यांक अनुसार ४३ जना डिस्चार्ज भएसँगै जम्मा ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।

 

 

Comments

Top