दुःखी दैलेखः बिहीबार ११३ जनामा संक्रमण देखिएको दैलेखमा आज थप ९० मा संक्रमण

Dailekh

काठमाडौं । शुक्रबारमात्र दैलेखमा थप ९० जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिदैँ आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार देखिएका कूल संक्रमित २७८ मध्ये ९० जना दैलेखका दुई स्थानीय तहमा गरी उक्त संख्यामा संक्रमित देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए ।

दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

Comments

Top