नेपाल छिरेसँगै क्वारेन्टाइनमा मनिषा

Manisha

 

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइराला अहिले काठमाडौंमा छिन् । उनी मंगलबार रूपन्देहीको बेलही नाका हुँदै नेपाल आएकी हुन् ।

मनिषा नेपाल प्रवेश गरेस“गै नेपाली सेनाको स्कटिङमा सोही दिन साँझ काठमाडौं आएकी हुन् । आफ्नै गाडीमा उनी आमा बाबुसँगै मुम्बईबाट नेपाल आएकी उनी र उनका बाबु–आमा काठमाडौंको एक होटलमा १४ दिन क्वारेन्टाइनमा बसेकी छन् । क्वारेन्टाइनपश्चात मात्र उनीहरु घर जाने छिन् ।

केही दिनअघि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको समर्थनमा उनले गरेको ट्विटका कारण भारतीय सञ्चारमाध्यमले उनको चर्को विरोध गरेका थिए ।

नेपाल प्रवेश सँगै उनी राजनीतिमा प्रवेश गर्ने गाइँगुइ हल्ला चल्न थालेको छ । तर, मनिषाले यसबारे केही बताएकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित