नेपालमा कोरोनाबाट थप १ को मृत्यु, मृत्युपछि गरिएको स्वाब परिक्षणमा कोरोना पोजेटिभ

Died_Corona_1

जुम्ला । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । भारतबाट नेपालगञ्ज हुँदै डोल्पा पुगेका जगदुल्ला गाउँपालिकाका एक पुरुषको होम क्वारेन्टाइनमै बसेका बेला मृत्यु भएपछि गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टी भएको जनाइएको छ ।

डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइ पनि २० गते निधन भएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

त्यसपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।

यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक दर्जन अर्थात १२ पुगेको छ । 

 

Comments

Top