थप ३२३ मा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या ३२३५ पुग्यो

1 Health

काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै नेपालभर ३ हजार २ सय ३५ जना संक्रमित पुगेका छन् भने १२ जनाको मृत्यु भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । शुक्रबार २ सय ७८ जना थपिएसँगै २ हजार ९ सय १२ पुगेको थियो ।

साथै उनले देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेको पनि बताए । २ हजार ८ सय ५७ जना उपचारका क्रममा रहेको जनाइएको छ । 

पछिल्लो तथ्यांक अनुसार ३२ जना डिस्चार्ज भएसँगै जम्मा ३६५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म १२ जनाको कोरोनाबाट मृत्यु भएको छ।

 

Comments

Top