कोरोनाकै कारण देशभर १३ जनाको मृत्यु

Died_Corona_1

काठमाडौं । स्वास्थ्य मन्त्रालय द्वारा आयोजित नियमित कोरोना अपडेटमा जनाइएअनुसार डोल्पाका एक पुरुष र धनगढी ४ की मृत्यु भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

मृगाैलाको डायलासिस गराइरहेकी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जनाए । 

यससँगै देशभर कोरोना पोजेटिभबाट मृत्यु हुनेको संख्या १३ पुगेको जनाइएको छ ।

नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै नेपालभर ३ हजार २ सय ३५ जना संक्रमित पुगेका छन् भने १३ जनाको मृत्यु भएको छ ।

Comments

Top