आज डिभि नतिजा आउँदै, यसरी हेर्नुहोस् डिभी नतिजा

dv_1

 

काठमाडौं । सन् २०२१ का लागि अमेरिका जाने डिभि नतिजा अहिले साँझ पौने १० बजे प्रकाशित गरिँदैछ । हरेक वर्ष अमेरिकाले ५० हजार विदेशीहरुलाई डिभिको माध्यमबाट अमेरिका लैजाने प्रक्रियाको प्रथम चरणअन्तर्गत फर्म भरेका व्यक्तिहरुबाट ५० हजार व्यक्तिहरुलाई छनौट गरिने जनाइएको छ ।

नेपालस्थित अमेरिकी दूताबासले नेपाली समय अनुसार आज राति ०९ः४५ बजे डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ।

नतिजा थाहा पाउन कृपया आज जेठ २४ रातिको ०९ः४५ बजेपछि डिभी भर्दाको समयमा प्राप्त गरेको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/  मा हेर्न सकिने जनाएको छ ।

साथै दूताबासले कन्फर्मेसन नम्बर बिर्सिएको खण्डमा पनि "Forgot Confirmation Number" मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्ने जनाएको छ ।

Comments

Top