थप २१३ नयाँ संक्रमित, यससँगै ३४४८ पुग्यो

1 Health

काठमाडौं । नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर ३ हजार ४ सय ४८ जना संक्रमित पुगेका छन् भने १३ जनाको मृत्यु भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । शनिबार ३२३ जना थपिएसँगै ३ हजार २ सय ३५ पुगेको थियो ।

उपचारका लागि हाल अस्पतालहरूमा अहिले २ हजार ९ सय ६८ जना उपचारका क्रममा रहेको जनाइएको छ ।

पछिल्लो तथ्यांक अनुसार १०२ जना डिस्चार्ज भएसँगै जम्मा ४६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म १३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

 

Comments

Top