चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

Died_Corona_1

चितवन । चितवनको भरतपुरमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ ।

शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन । मुटु र निमोनियाको बिरामी रहेका उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Comments

Top