लकडाउनमा होटल व्यवसायः व्यवसायीलाई व्यवसायीकै महत्वपूर्ण पाँच सुझाब

TR

 

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण ७३ लाख भन्दा बढी मानिस संक्रमित र ४ लाख १३ हजार भन्दा मानिसले ज्यान गुमाइसकेको अवस्था छ । विश्वनै महामारीको चपेटामा रहेको अवस्थामा नेपाल पनि अछुतो रहनसक्ने सम्भावना नै रहेन र छैन । माघको दोस्रो साता पहिलो संक्रमित देखिएको नेपालमा हालसम्म ४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १५ जनाको मृत्यु भइसकेको छ ।

विश्वमै फैलिएको महामारीका कारण विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम बढ्दो छ । एकातिर महामारीको चपेटामा परेका नेपालीहरुलाई अब गरिबी र बेरोजगारीले पनि सताएको छ । दिउँसो काम गरेर साँझ परिवारलाई खाना पुर्याउने बाध्यतामा रहेका नेपालीहरु लगातार तीन महिनासम्मको लकडाउनका कारण समस्यामा परेका छन् । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण देशका अन्य क्षेत्रसँगै होटल व्यवसाय पनि बन्द अवस्थामा रहेको छ ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० का लागि तयारी गरेका व्यवसायीलाई भ्रमण वर्षको सुरुवातमै व्यावसायिक झट्का लागेको छ । लामो समय भएको लकडाउन कारण हरेक वस्तु तथा सेवा अत्यावश्यक भइसकेको छ । तत्काल ब्यवसाय खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्ने हाम्रो महत्वपूर्ण जिम्मेबारी पनि रहेको छ ।

७८/७९ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अब कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेका छन् । अब पनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट मात्र नभई भोकमरीले ज्यान जानेको संख्या समेत थपिने र अर्थतन्त्र ध्वस्त भएर जानेछ । होटल तथा रेस्टुरेन्ट अब कसरी कम खर्चिलो, सहि गति र सहि ब्यबस्थापन गरी सञ्चालन गर्ने, भन्ने बिषयमा मलाई लागेका र जानेका केही सुझाबहरु ब्यबसायी साथीहरुसँग साट्न चाहन्छु  । 

 

१. कर्मचारीको ब्यबस्थापन

(क) अब केही समय होटल तथा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीको अभाव हुने हुँदा र धेरै कर्मचारी राख्दा पनि खर्च बढेर व्यवस्थापन गर्न कठिन हुने हुँदा थोरै कर्मचारी बाट नै व्यवस्थापन गर्नु उचित हुनेछ। 

(ख) भएका कर्मचारीलाई सहि तरिकाको ब्रिफिङ गर्ने, स्वास्थ्यको सवालमा सजग गराउने, र आत्मबलको बिकास हुने खालका ट्रेनिङ् गराउनु आवश्यक हुनेछ । 

(ग) कतिपय कर्मचारीको  हकमा उनिहरुलाई मात्र नभएर कर्मचारीको घर परिवारलाई समेत आस्वस्थ पार्नु पर्ने हुन्छ, किनकी उनिहरुको  काममा आउने चाहना हुँदाहुँदै पनि घर परिवारले स्वास्थको कारण देखाइ रोकिरहेका हुन्छन्, त्यसैले कर्मचारीको घरपरिवार र आफन्तसँग पनि तपाईंको आफ्नो आफन्तसँग जस्तो व्यबहार प्रस्तुत गरी विश्वास दिलाउनु होस् । 

(घ) कम खर्च तथा थोरै कर्मचारीबाट धेरै काम लिने गरी ब्यबस्थापन  गर्ने मल्टीटास्किङ कर्मचारीको ब्यबस्था गर्नुहोस् ।

(ङ) जस्तै अब हाउसकिपिङको कर्मचारी हाउसकिपिङमा मात्र सिमित भएर भएन उस्ले, वेटरिङ्ग, सर्भिस, स्वागत, अन्य कुनै क्षेत्रमा पनि काम गर्नुपर्ने हुन्छ । त्यस्तै कुकको हकमा पनि एउटा मात्र डिपार्ट सम्हालेर भएन, उसँग सम्बन्धित होटेल तथा रेस्टुरेन्टमा रहेको मेनुको बारेमा धेरैभन्दा धेरै ज्ञान हुनुपर्यो, नेपाली खान, ईण्डियन करी, तन्दूर, चाइनिज, ईटालियन, बनाउन सक्ने (All rounder) हुनुपर्यो, यदी छैन भने उस्लाई  त्यो अनुसारको प्रशिक्षण दिएर तयार गर्नु पर्ने हुन्छ, (रिसेप्सनिस्ट+ होस्ट) (बारीस्था + बारमेन), (स्टोरकिपर + पर्चेजिङ + डेलिभरी मेन), (ड्राइभर कम गार्ड + बेलव्बाय) आदी गरेर पनि ब्यबस्थापन गर्नुहोस् ।

 

(२)  मेनु तथा रूम ट्यारिफ

(क) मेनु तथा मुल्य सुची टाढाबाट नै प्रस्ट ग्राहकले देख्न सजिलो हुने गरी राख्नुहोस् । 

(ख) तपाईंले अहिले मेनु र रूम ट्यारिफ बजारअनुसार समायोजन गर्दा उचित हुनेछ । 

(ग) होटलको रूमको दरमा केही कम गर्दा उचित हुन्छ भने खानाको मुल्यमा क्षेत्र हेरिकन केही थप गर्नु पर्ने हुन सक्दछ ।  

(घ) मेनुमा  रहेको सामान्य अवस्थामा समेत २५५ भन्दा पनि कम ग्राहकको रोजाइमा परेका पारीकारहरुलाई केही समयको लागी हटाएर सिमित गर्दा खानको तयारी खर्च कम हुन गइ Cost Control हुनेछ यो कुरालाई महत्व दिनुहोस् ।

(३) सरसफाइ

(क) कोभिड– १९ को लामो लकडाउनको कारणले गर्दा होटल तथा रेस्टुरेन्टको राम्रो सरसफाइ हुन सकेको छैन त्यसैले राम्रोसँग समय दिएर सरसफाइ गर्नुहोस् । 

(ख) तपाईंले पहिला सफा गरेर र्र्याकमा राखेका भाडाकुडाहरु निकालेर पुन सफा गर्नुहोस् । 

(ग) ग्राहक आउने जाने स्थानमा सम्भब भएसम्म प्रत्येक घण्टा सरसफाइ गर्नु ग्रहाकले छुने हरेक वस्तुलाई डिसइन्फेक्सन गर्नुहोस् । 

(घ) लामोसमय बन्द रहँदा मेसिनरी औजार, जेनेटर, सवारी साधनमा समस्या आएको हुन सक्छ त्यसैले चेक जाँच, सरसफाइ तथा मर्मत गराउनुहोस् ।

(ङ) फ्रिज तथा स्टोरमा रहेको पुरानो सामन, खुलेका प्याकेट, मसला आदी ड्यामेज भैसकेका छन तिनलाई अनिवार्य हटाउनुहोस् ।

(च) स्टोरमा रहेका सिल नखोलेका महंगा सस, क्यान, मसला, बिभिन्न प्याकेट तथा बट्टाहरु, हलुकापेय पदार्थ, जुस, अनी बियरहरु तथा महंगा पेय पदार्थहरुको एक्सपायरी मिति पहिचान गर्नुहोस्, यदि मिति समाप्त भैसकेको छ भने त्यसलाई अलग्गै राखी सम्बन्धित कम्पनी वा बिक्रेतालाई जानकारी गराइ परिवर्तन गर्न लगाउनुहोस् ।

(छ) फोहोर मैलाको उचित ब्यबस्थापन गर्नुहोस्, होटल तथा रेस्टुरेन्टको फोहोर जथाभाबी बिल्कुल नफ्याक्नुहोस्, पलिका तथा स्थानिय सरकारले तोकेको स्थानमा नियमअनुसार डिस्पोज गर्नुहोस् ।

४. स्वास्थ

(क) ग्राहक तथा कर्मचारीको आउने गेट तथा कम्पाउन्डमा साबुन पानीको ब्यबस्था गर्नुहोस । 

(ख) गेट तथा रिसेप्सनमा थर्मगनको अनिवार्य ब्यबस्था गर्नुहोस् र आउने ग्राहकलाई मस्कको प्रयोग गर्न अनुरोध गर्नुहोस् सामाजिक दुरी कायम राख्नुहोस्  । 

(ग) लभी, रिसेप्सन, हरेक डाइनिङ टेबल तथा हरेक तलाको प्यासेजमा सेनिटाइजरको ब्यबस्था गर्नुहोस्, हरेक बाथरूम तथा बेसनमा अनिवार्य साबुन पानीको ब्यबस्था गर्नुहोस् ।

(घ) आफ्नो तथा कर्मचारीको नियमित स्वास्थ चेक जाँच गर्नुहोस्,  सरसफाइ, मास्क, पन्जा तथा क्यापको अनिवार्य प्रयोग गर्न लगाउनुहोस् । 

(ङ) फोहोरमैलाको उचित ब्यबस्थापन गर्नुहोस्, होटल तथा रेस्टुरेन्टको फोहोर जथाभाबी बिल्कुल नफ्याँक्नुहोस्, पालिका तथा स्थानिय सरकारले तोकेको स्थानमा नियमअनुसार डिस्पोज गर्नुहोस् । 

 

५. ब्यापार तथा ब्यबस्थापन

(क) फोन, म्यासेज, ईमेल, तथा बिभिन्न सामाजिक सन्जालमार्फत तपाईं आफ्नो नियमित ग्राहकसँग नियमित सम्पर्क गरिरहनुहोस् ।

(ख) तपाईंको ब्यवसाय पुनः सुचारु भएको कुरा आफ्ना ग्राहकहरुलाई बिभिन्न संचार तथा बिज्ञापनका माध्यमबाट जानकारी गराउनुहोस् ।

(ग) ग्राहकलाई तपाईंको होटलमा तथा रेस्टुरेन्टमा आउँदा स्वास्थ्य तथा अन्य हिसाबले पनि सुरक्षित छ भन्ने आभास दिलाउनुहोस्, त्यसको लागी गेट तथा रिसेप्सनमा थर्मगनको अनिवार्य ब्यबस्था गर्नुहोस् र आउने ग्राहकलाई मास्कको प्रयोग गर्न अनुरोध गर्नुहोस् । 

(घ) स्टाफको कमी COVID-19 वा अन्य कारणले सेवामा कमी भएको कुरा बुझिदिन अनुरोध गर्नुहोस् । 

(ङ) खुल्ने तथा बन्द गर्ने समयको निर्धारण गर्नुहोस्, घरधनी तथा छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउनुहोस् । 

(च) नेपाल सरकार, स्वास्थ्य निकाय, पर्यटन बिभागर ब्यबसायीक हकहितका लागि स्थापित बिभिन्न संघ–संस्थाबाट आउने नियम तथा सुचनाको अनिवार्य पालना गर्नुहोस् । 

(छ) पानी, बिजुली,  टेलिफोन, तथा बिभिन्न महसुल समयमा नै बुझाउनुहोस् नत्र ठुलो रकम जरिवानामा पर्न सकिनेछ । 

(ज) होटल तथा रेस्टुरेन्ट अहिले बन्द रहेको अवस्थामा भन्दा पनि खोली सकेपछि अझै धेरै घाटामा जाने, पहिलाको जस्तो ब्यवसाय सहज नभएर समस्या उत्पन्न हुनसक्ने अवस्थाका बारेमा जानकार हुनुहोस्, निराश बिल्कुल नहुनुहोस्, बिज्ञको सुझाब लिनुहोस् र केही समयपछि सामान्य हुनेछ धैर्य गर्नुहोस् ।

(लेखकः प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष एवं होटल व्यवसायी महासंघ नेपालमा सचिव हुन्)

Comments

Top