दीपिकाका बडीगार्ड जलालः जसका लागि करोड खर्च गर्छिन् दीपिका

Jalal

 

काठमाडौं । बलिउड सेलिब्रेटीहरुको बडीगार्डको चर्चा सबैभन्दा धेरै चर्चा अभिनेता सलमान खानका बडिगार्ड टाइगरको चर्चा धेरै हुन्छ । अन्य बलिउड स्टारका बडीगार्डहरूको खासै चर्चा भएको सुनिदैन । आफ्नो व्यक्तिगत सुरक्षाका लागि स्टारहरूले बडीगार्डमा राम्रै रकम खर्चने गर्दै आएका छन् ।

यसरी व्यक्तिगत सुरक्षामा राम्रो रकम खर्च गर्नेमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन् । उनको सुरक्षाको जिम्मा जलालले लिएका छन् । वर्षौदेखि जलालले दीपिकाको सुरक्षामा गर्दै आएको छ । दीपिकाको महत्वपूर्ण कार्यक्रम वा अवसरमा जलाल कहिल्यै छुट्दैनन् । त्यसो त दीपिकाले उनलाई आफ्नो भाइ मान्दै आएको भारतीइ मिडियाले उल्ल्लेख गरेका छन् । हरेक वर्ष उनले जलालको हातमा रक्षाबन्धन बाँध्छिन् ।

दीपिका बलिउडमा राम्रो पारिश्रमिक लिने र धेरै कमाउने अभिनेत्रीहरूमध्येमा पर्छिन् । दीपिकाको बडीगार्डको कमाई पनि राम्रै छ । उनको कमाइ सुनेर धेरै, अचम्म हुन्छन् ।

बलिउड लाईफ डटकमका अनुसार उनले आफ्नो सुरक्षा गरेवापत जलाललाई वार्षिक १ करोड भारू रकम पारिश्रमिक दिने गरेकी छन् । सन् २०१७ मा भने यो रकम ८० लाख रूपैयाँ थियो । जलालले दीपिकाको सुरक्षा गरेवापत पाउने यो रकम वास्तवमा धेरै हो ।

दीपिका अभिनित ‘८३’ फिल्म रिलिजका लागि तयार भइसकेको छ । यो फिल्म्मा उनी आफ्ना पति एवं अभिनेता रणवीर सिंहसँग देखिँदैछिन् ।

Comments

Top