तनहुँका घिरिङका ५ जनामा कोरोना संक्रमण, हालसम्म गण्डकीमा २ सय ४ जना संक्रमित

Corona_Test_1

 

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ । तनहुँका ५ जना पुरूषमा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या २ सय नाघेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेर समुहका ५ जना पुरूषलाई क्वारेन्टाइनमै बसेको अवस्थामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

 

Comments

Top