सागर थापासहित ६ खेलाडीलाई सर्वोच्चको 'क्लिन चिट'

match

फाइल फोटो ।

 

काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीलाई सफाइ दिएको छ । विशेष अदालतकै फैसला सदर गर्दै मंगलबार सर्वोच्चले उनीहरुलाई सफाइ दिएको हो ।

२०७२ सालमा प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित ६ जना खेलाडीलाई पक्राउ गरेको थियो ।

1111111

म‌ंगलबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुलाइ सफाइ दिएको हो ।

तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

 

 

Comments

Top