क्वारेन्टाइनमै आत्महत्या गरेका पुरुषको कोरोना पोजेटिभ

Corona_Test_2

कैलाली । क्वारेन्टिनमा आत्महत्या गरेका एक व्यक्तिमा ६ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिकास्थित एक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

आत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभको रिपोर्ट आएको जनाइएको छ ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । ती पुरुष शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

यसअघि अर्घाखाँचीका एक पुरुष र सुर्खेतकी एक महिलाको आत्महत्यापछि कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो ।

 

Comments

Top