अमेरिकी दूतावास काबुलमा कार्यरत २० नेपाली कर्मचारीमा कोरोना संक्रमण !

US-Embassy-Kabul

 

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासका कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको बताइएको छ । यहाँ कामगर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

विदेश मन्त्रालयले यहाँका कतिजना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने केही जानकारी दिएको छैन । त्यस्तै संक्रमित कर्मचारीको पहिचान पनि खुलाइएको जानकारी प्राप्त भएको छैन । 

विदेश मन्त्रालयले यसको यकिन तथ्यांक नदिएको भए पनि त्यहाँ काम गर्ने करिब २० जनामा यो संक्रमण देखिएको पाइएको छ । तीमध्येका अधिकांश काबुलकाे दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरु रहेको बताइएको छ ।

दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ ।

Comments

Top