कोरोना कष्टः विश्वभर ९० लाख भन्दा बढी संक्रमित, ४ लाख ७० हजार भन्दा बढीको मृत्यु

WM

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । अहिलेसम्म ४ लाख ७० हजार भन्दा बढीको ज्यान लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४८ लाख भन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा ९० लाख ४४ हजार ५ सय ४४ संक्रमित भएका छन् भने ४ लाख ७० हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ४८ लाख ३७ हजार ९ सय ३९ जनामा कोरोना निको भएको समाचार प्रकाशित भएको छ ।

सबैभन्दा धेरै संक्रमित र मृतक रहेको अमेरिकामा हालसम्म २३ लाख ५६ हजार ६ सय ५७ जनामा संक्रमण देखिएको छ भने १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा २ सय ६७ जनाको मृत्यु भएको छ । जुन संख्या गत २ महिना यताकै न्यून मृत्यु संख्या हो ।

त्यस्तै ब्राजिलमा हालसम्म संक्रमितको संख्या १० लाख ८६ हजार ९ सय ९० पुगेको छ भने मृतकको संख्या ५० हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ भने मृतकको संख्या १३ हजार ७ सय ३ पुगेको छ । भारतमा पछिल्लो २४ घन्टामा १५ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित