सिन्धुपाल्चोक र कैलालीमा क्वारेन्टिनबाट फर्किएका २ जनाको मृत्यु

hand

 

काठमाडौं । सिन्धुपाल्चोक र कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका दुई व्यक्तिको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।

त्यस्तै कैलालीको लम्की चुहा नगरपालिका— ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए ।

उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ । भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएको जनाइएको छ ।

Comments

Top