धरौटी तिर्न नसक्दा अन्य २३ सँगै जेल गइन् रुकुम घटनाकी 'प्रेमिका'की आमा

rukum

काठमाडौं । आफ्नी छोरीको प्रेमीको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत रुकुमबाट १ लाख धरौटीमा रिहा हुने आदेश पाएकी महिलालाई जेल चलान गरिएको छ ।

गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठह¥याई प्रेमीका भनिएकी युवतीकी आमालाई अदालतले १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उनले उक्त धरौटी रकम तिर्न नसकेपछि जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

अदाललते घटनामा संलग्न रहेकामध्ये २३ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने र ती महिलालाई १ लाख धरौटीमा छाड्ने साथै तीन जना अन्यलाई साधारण तारेखमा छाड्ने आदेश बुधबार दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित