यी हुन् भरतपुर महानगरका आगामी आर्थिक वर्षका विशेष नीति तथा कार्यक्रम (बुँदागत)

Image may contain: 4 people, people sitting and text

चितवन । आगामी आर्थिक २०७७/७८ का लागि भरतपुर महानगरपालिकाका बजेट पारित भएको छ । महानगरप्रमुख रेणु दाहालले असार १० गते छैटौं नगरसभाका अवसरमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका साथै बजेट एक मतले अनुमोदन गर्दै नगरसभा सम्पन्न भएको बताएकी छिन् ।

महानगरले आगामी आवमा विशेष गरी कृषि क्षेत्रलाई नै प्रोत्साहित गर्दै कार्यक्रम प्रस्तुत गरेको छ । महानगरद्वारा प्रस्तावित विशेष योजनाहरुः

I) कृषि तथा पशुसेवा
1. कृषकहरुलाई ऋण २५ लाखसम्म लिंदा २ प्रतिशत ब्याज महानगरपालिकाले व्यहोर्ने नीति लिएको छ ।
2. कृषि यान्त्रिकीकरण- कस्टम हायरिंग केन्द्र स्थापना गर्ने ।
3. बीउबिजन र मल वितरणमा अनुदान दिने नीति ।
4. मर्मत सम्भार नहुँदा पुरिएका र जीर्ण सिंचाई नहरहरूको पुन:निर्माण गर्ने ।
5. कुनैपनि कृषियोग्य जमिन बाँझो राख्न दिइने छैन ।
6. कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समझदारी गरि
कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास, विज्ञ सेवा तथा स्वयंसेवा प्राप्ति एवं अनुसन्धान कार्यहरुमा सहकार्य गरिनेछ ।
7. कम्तिमा ५० वटा सम्म बाख्रा पालक कृषकलाई अनुदान दिने ।

II) रोजगारी सिर्जना तथा सहकारी
1. विदेशको सीप स्वदेशका लागि कार्यक्रम ।

2. युवाहरुको लगत संकलन, पुनः एकीकरण तथा पुन:स्थापनाका साथै ३ वर्ष सम्मका लागि बैंकमार्फत् शून्य ब्याजदरमा रु. पांच लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
3. यूवा स्वरोजगार कार्यक्रमलाई प्रथामिकता दिईनेछ ।
III) स्वास्थ्य सेवामा सुधार एवं पहुँच
1. ३८ वटा पब्लिक क्वारेन्टिनको स्थापना ।
2. बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता लगायत जोखिम समूहका व्यक्तिहरुलाई विशेष स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ।
3. ओपिडी टिकट नि:शुल्क नै कायम राखी यस आर्थिक वर्षबाट अपाङ्गता भएका व्यक्तिहरुलाई पनि नि:शुल्क ओपिडी टिकटको व्यवस्था थप गरिनेछ |
4. वडाहरुमार्फत् प्रत्येक रक्तदातालाई सम्मान गरिनेछ।
5. सबै विद्यालयमा अनिवार्य रूपमा स्वास्थ्य जांच कक्षको व्यवस्था गरिनेछ।
6. सुत्केरी हुने महिलालाई नि:शुल्क यातायात/एम्बुलेन्स खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
7. जोखिमयुक्त मेडिकल फोहोरको व्यवस्थापन
8. सूर्तिजन्य पदार्थ निषेधित महानगर बनाइनेछ ।
IV) शिक्षा, युवा तथा खेलकुद
1. विद्यालय कलर कोड अनुसार सबै विद्यालयको रङरोगन सम्पन्न गरिनेछ |
2. कोभिड-19 को महामारी स्थानीय रेडियोबाट शिक्षण कक्षा सञ्चालन गरिनेछ ।
3. बालबालिकासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइनेछ।
4. उच्च शिक्षा- चितवन ईन्जिनियरिङ क्याम्पस, भरतपुरको वडा नं. 23 मा भरतपुर बहु-प्राविधिक शिक्षालय ।
5. हाम्रो गौरव, हाम्रो भरतपुर विषयको कक्षा १-८ को स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि ।
6. एक वडा एक नमुना विद्यालय र बालशिक्षा केन्द्र विकासका लागि प्रोत्साहित गरिनेछ । बेरोजगारीलाई कम गर्न युवा उद्यम घुम्ती कोष
7. युवामा स्वयंसेवी भावना बढाउन, युवा स्वयंसेवा कार्यक्रम संचालन गरिनेछ ।
8. एक वडा एक खेलमैदान र एक विद्यालय एक खेल मैदान
9. अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय खेलमा पदक जित्नेक महानगरका खेलाडीहरुलाई पुरस्कृत गरिनेछ।
V) पूर्वाधार तथा शहरी सौन्दर्य
1. स्मार्ट सडक बत्ती र स्मार्ट पार्किङको व्यवस्था गरिनेछ।
2. ठूला आयोजनाहरुको “परियोजना बैंक” तयार गरिनेछ ।
3. विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणबद्ध रूपमा भूमिगत गर्दै लगिनेछ ।
4. वैज्ञानिक घर नम्बर वितरण गर्ने कार्यको प्रारम्भ गरिनेछ ।
5. खुल्ला व्यायामशाला स्थापना ।
6. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार तथा महानगरपालिका एवं आमजनताको सहयोगको लागि आहवान गरी कार्यलाई तीव्रता दिइनेछ।
7. बहुउद्देश्यीय सभाहल, व्यवसायिक भवन र बहुतले प्रशासनिक भवन ।
VI) निजी क्षेत्रसँग सहकार्य
1. Sea-beach model, अटोल्याण्ड, राष्ट्रियस्तरको औद्योगिक शिक्षालय ।
VII) वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन
1. एक घर दुई फलफूलका बिरुवा कार्यक्रम ।
2. हरेक शुक्रवार साइकल चलाउन ।
3. प्लास्टिक झोलामुक्त वडा, वैज्ञानिक फोहोर व्यवस्थापन ।
4. एक घर एक धारा ।
VII) सुशासन
1. कुनै पनि स्वरूपको भ्रस्टाचार सहन नगर्ने नीति ।
VIII) सूचना संचार, प्रविधि प्रयोग तथा डिजिटल प्रणाली ।
1. महानगर हाम्रो भरतपुर रेडियो तथा टेलिभिजन कार्यक्रम ।
2. मुख्य स्थानहरुमा सिसि क्यामेरा राखिनेछ ।
IX) महिला, दलित तथा लक्ष्यित वर्ग उत्थान, सशक्तिकरण एवं सामाजिक समावेशीकरण
1. महिला तथा जोखिम समुदायसँग मेयर कार्यक्रम र समन्यायिक विकासमा उपमेयर कार्यक्रम।
2. वडा तहमा महिला सन्जाल गठन।
3. हाम्रा बालबालिका हाम्रो भविष्य, बालश्रममुक्त महानगर।
4. जातीय छुवाछुतलाई निरुत्साहित गर्नको लागि दलितसँग प्रेम विवाह गर्नेलाई रु ५० हजार र दलितसँग मागि विवाह गर्नेलाई रु एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिनेछ ।
5. बेसहारा सडक मानवमुक्त महानगरपालिका घोषणा।
6. एक वडा एक जेष्ठ नागरिक विश्रामस्थल।
7. अपाङ्गता भएका व्यक्तिको बहिरंग सेवाको टिकट दस्तुर नि:शुल्क बनाइनेछ।
8. खरको छानामुक्त महानगर ।
9. न्यूनतम विद्युत महशुलमा महानगरले अनुदान दिने (करिब 12 हजार घरधुरीलाई न्यूनतम 10 युनिटका दरले रु. 30)।
X) महानगरका स्रोत तथा राजस्व उपयोग
1. “कर तिर्नु कर्तव्य मात्र होइन गौरव पनि हो” कोरोनाले निम्त्याएको आर्थिक संकटलाई मध्येनजर गर्दै पर्यटन र मनोरञ्जन व्यवसायीहरुलाई करमा २५ प्रतिशत र अन्यलाई १५ प्रतिशत छुट दिइनेछ ।
XI) विपद व्यवस्थापन
1. 38 वटा क्वारेन्टिन व्यवस्थापन
2. विपद् र विकासमा युवा परिचालन
XII) पर्यटन प्रवर्द्धन
1. धार्मिक पर्यटकीय क्षेत्रहरु र नारायणी नदी किनारको व्यवस्थापन
XIII) उद्योग वाणिज्य
1. साना तथा मझौला उद्योग ग्राम स्थापना गर्ने नीतिलाई कायम गरिएकोछ।

Comments

Top