करोडमाथिलाई कोरोना, विश्वभर ५ लाख बढीले ज्यान गुमाए

world-corona

काठमाडौं । विगत करिब ६ महिनादेखि विश्वका सञ्चारमाध्यममा हेडलाइन बन्दै आएको कोरोना भाइरसका कारण संक्रमितको संख्या करोड नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वका १ करोड ७२ हजार ५ सय ८२ जनामा कोरोना देखिएको छ भने यसैका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७४ हजारभन्दा बढी मानिसमा देखिएको कोरोनासंक्रमणका कारण हालसम्म विश्वका ५ लाख ६ सय ४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म यसबाट सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएको छ । अमेरिकामा करिब २६ लाख मानिसमा संक्रमण देखिएको कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २८ लाख १ सय ४८ पुगेको छ । अमेरिकामा २५ लाख ९५ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ ।

अमेरिकापछि ब्राजिलमा तीब्रगतिमा संक्रमण फैलिएको छ । हालसम्म ब्राजिलमा १३ लाख १५ हजार ९ सय ४१ जनामा संक्रमण देखिएको छ भने ५७ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि पछिल्ला दिनमा संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा २० हजार १ सय ३१ जनामा संक्रमण देखिएको भारतमा हालसम्म ५ लाख २९ हजार ५ सय ७७ संक्रमित पुगेका छन् भने १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top