भक्तपुर नेकपाद्वारा मदन भण्डारीको जन्मदिवसमा वृक्षारोपण

2_1

 

भक्तपुर । जननेता मदन भण्डारीको ६९ औं जन्मदिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाको अगुवाईमा सम्पन्न वृक्षारोपण कार्यक्रममा भक्तपुरका जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

भक्तपुरको गठ्ठाघर चोकबाट नागरिक टिचिङ अस्पताल अगाडिको हाइवेको सबवेमा वृक्षारोपण गरिएको थियो ।

उक्त अवसरमा अध्यक्ष देउजाले पार्टीले फरक फरक परिवेशमा गरिँदै आएको वृक्षारोपणलाई निरन्तरता दिएको बताएका छन् । उनले संविधान दिवस, गणतन्त्र दिवसका लगायतका विविध अवसरमा वृक्षारोपण गरिँदै आएको बताए ।

उनले आज जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आज ५० वटा भन्दा बढी विरुवा रोपिएको बताए । उनले यसअघि रोपिएका विरुवाहरुको संरक्षण गर्नुका साथै मरेका विरुवा भएका ठाउँँमा वृक्षारोपण गरिएको बताए ।

उक्त अवसरमा भक्तपुर जिल्लाका नेकपाका पदाधिकारी लगायत गोपीकृष्ण न्यौपाने, नरेश रञ्जीतलगायतका समाजसेवीहरुको उपस्थिति भएको थियो ।

222222222

तस्वीरहरूः नरेश रञ्जीत

Comments

Top