स्वीकृतिबेगर औषधी सार्वजनिक गरिएको भन्दै रामदेवविरुद्ध एफआईआर दर्ता

ramdev

राजस्थान । सरकारको स्वीकृतिबेगर कोराना भाइरसलाई निको पार्ने औषधी भन्दै सार्वजनिक गरेको आरोपमा भारतीय योगगुरु रामदेवसहित ५ विरुद्ध उजुरी परेको छ ।

राजस्थानस्थित एक प्रहरी चौकीमा बलराम झक्कड नामका अधिवक्ताले योगगुरु रामदेवसहित आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग अनुराग वाष्णेय र अनुराग तोमरविरुद्ध उजुरी परेको राजस्थान प्रहरीका डेपूटी कमिश्नर अशोक गुप्ताले जनाएका छन् ।

रामदेवको औषधी सार्वजनिक गरिएको विषयलाई भारतका विभिन्न प्रहरी चौकीहरुमा रामदेवविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आयुष मन्त्रालयको स्वीकृति नलिई कोभिड-१९ निको पार्ने भन्दै आयुर्वेदिक औषधी सार्वजनिक गरेकोले रामदेवविरुद्ध एफआइआर दर्ता भएको हो।

Comments

Top