पाकिस्तानमा संक्रमित संख्या २ लाख नाघ्यो

Pakistan

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको अवस्था रहेको छ । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जान थालेसँगै पाकिस्तानमा २ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार पाकिस्तानमा हालसम्म २ लाख २ हजार ९ सय ५५ पुगेको छ । पछिल्लो २४ घन्टामा पाकिस्तानमा ४ हजार ७२ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमित हुनेको संख्या २ लाख नाघेको हो ।

सार्क राष्ट्रहरुमा दोस्रो धेरै संक्रमित देखिएको पाकिस्तानमा हालसम्म ४ हजार १ सय १८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा हालसम्म संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ भने हालसम्म १६ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९ सय ३२ पुगेको छ भने ५ लाख ४ हजार ३ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

Top