सांसद बस्नेतलाई सधैं असार १५, वर्षायाममा निर्माण कार्य छिटो सक्न निर्देशन

भक्तपुर । आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । राष्ट्रिय धान दिवस । मानिसले हतार हुँदा भन्ने गरेको, आज त १५ असार जस्तै छ । असार १५ का पर्याय बनेका छन् भक्तपुरका सांसद महेश बस्नेत । हरेक दिन आफ्नो जिल्ला एवं देश विकासका लागि खटिरहने बस्नेतलाई जहिले असार १५ बनेको छ । यसै शिलशिलामा सांसद बस्नेतले आफ्नो क्षेत्र अन्तरगत पर्ने मध्यपुर नगरपालिका वडा नं। ९ अन्तरगतका विकासका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् ।

वर्षायाम शुरु भएसँगै त्यसबाट हुनसक्ने सम्भावित समस्यालाई न्युनिकरण गर्ने लक्षका साथ सांसद बस्नेतले नगरपालिका वडा नं ९ निलबाराही क्षेत्रमा निर्माण भइरहेका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन् ।

उक्त क्षेत्रमा राष्ट्रिय पुन निर्माण प्रधिकरणबाट विनियोजित रु १ करोड ५० लाख र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा भइरहेको भुक्षय नियन्त्रण, मन्दिर परिसरमा ढुङ्गा छपाई र सडक स्तरोन्नती कर्यको स्थलगत अनुगमन गरेका हुन् । पहिरो गइरने, माटो बगिरहने भूक्षय भइरहने उक्त स्थानमा भइरहेको कामको बारेमा स्थलगत जानकारी लिएका हुन् ।

स्थानीयवासी, जनप्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा सांसद वस्नेतले निर्माणका क्रममा देखिएका गल्ती र कमजोरिलाई सुधार गर्दै दिगो, स्थायीत्व तथा प्रभावकारी ढंगले निर्धारित समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विशेष ध्यान दिई भाइरसको संक्रमणबाट बच्न प्राथमिक कुराहरुलाई विशेष ध्यान दिन समेत सम्पूर्ण श्रमिक तथा ठेगदारलाई आग्रह गरे । संक्रमणको नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सम्पूर्ण नागरिकले साथ र सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि समस्याबाट जोगिएर विकासका कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । आयोजना निर्माणको क्रममा कहीँ कतै समस्या आए तत्काल खवर गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यो वा त्यो बहानामा कुनै पनि आयोजनाको निर्माणलाई ढिलाई गर्ने छुट नभएको समेत स्पष्ट पारे ।

Comments

Top