मनिषा अभिनित ‘बेग्लै मिठास’ सार्वजनिक (भिडियोसहित)

mani_1

काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल मनिषा सापकोटाको अभिनित नयाँ गीत बजारमा आएको छ । करिब २ वर्ष अगाडिदेखि मोडलिङ सुरु गरेकी सापकोटा लकडाउनका बेलामा आफूले मोडलिङ एवं फिल्मी दुनियाका बारेमा स्वअध्ययन गरिरहेको बताउँछिन् ।

लकडाउनका कारण आफूले विगतदेखिका कामलाई निरन्तरता दिन नसकेको बताउँदै लकडाउन हल्का भएपछि सोही कामहरुलाई निरन्तरता दिने बताइन् ।

सापकोटाले सांगीतिक क्षेत्रमा राम्रोसँग अध्ययन गरेरमात्र आएमा सहज हुने बताइन् । बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरताले मोडलिङ क्षेत्रमा अडिन सकिने उनको विश्वास छ, त्यसैले आफूले पनि पछिल्ला दिनहरुमा अन्य अग्रज कलाकारहरुको म्युजिक भिडियो, फिल्म, अभिनय हेर्ने गरेको बताइन् ।

हालसम्म १४÷१५ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सापकोटाले आगामी दिनहरुमा अन्य म्युजिक भिडियो, गीत, चलचित्रहरुमा अभिनय गर्ने बताइन् । उनले अहिले केही म्युजिक भिडियो र चलचित्रहरुमा अफरहरु आइरहेको बताउँदै लकडाउनपछि त्यसबारेमा कुरा अगाडी बढाउने बताइन् ।

manisha

सापकोटा अभिनित बेग्लै मिठास नामको म्युजिक भिडियो बजारमा आएको छ । लक्ष्मण श्रेष्ठले स्वर रहेको उक्त गीतको शब्द, कम्पोज र एरेन्ज ओम सुनारले गरेका छन् । मनिषालाई अभिनयमा साथ भने लक्ष्मण र सामिया कार्कीले दिएकी छिन् । डम्बर राईले खिचेको उक्त गीतको मनिकुमार राईले कोरियोग्राफी गरेका छन् भने सुभाष प्रधानले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः बेग्लै मिठास.... बेग्लै

Comments

Top