राजधानी भित्रिनका लागि नयाँ नियम ! यस्तो छ राजधानी भित्रिने प्रक्रिया

thankot

काठमाडौं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित काठमाडौं उपत्यकामा प्रवेश गर्न दिने निर्णय गरेको छ । राजधानीबाट राजधानी भित्रनका लागि स्थानीय तहको सिफारिससहित १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रतिबद्धता पेश गर्नुपर्ने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने सोमबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने छ । सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

Comments

Top