बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु

adbuhhla

ढाका । बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।

चौधरीको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९।३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

चौधरीलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए । बङ्गलादेशमा अहिलेसम्म एक लाख ४१ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७८३ जनाको मृत्यु भएको छ ।

Comments

Top