विश्वभर कोरोना: १ करोड ४ लाख संक्रमितमा ५६ लाखभन्दा बढी उपचारपछि डिस्चार्ज

WM

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ करोड चार लाख २ हजार ८ सय ९७ पुगेको छ । पछिल्लो २४ घन्टामा १ लाख ६० हजार ९ सय ७६ नयाँ संक्रमित थपिएको विश्वभर हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७ हजार ५ सय २३ पुगेको छ ।

कोरोनाकै कारण हालसम्म विश्वको सबैभन्दा धेरै मानवीय क्षति अमेरिकाले ब्यहोर्नुपरेको छ । अमेरिकामा हालसम्म १ लाख २८ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ भने २६ लाख ८१ हजार ८ सय २ जना संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा ४४ हजार ७ सय २५ जना नयाँ संक्रमित भएका छन् भने ३ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकापछि धेरै संक्रमित हुनेमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म १३ लाख ७० हजार ४ सय ८८ संक्रमित पुगेका छन् भने ५८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्ला दिनमा नेपालको छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या बढ्दै जाने क्रम देखिएसँगै हालसम्म ५ लाख ६७ हजार ५ सय ६७ संक्रमित पुगेका छन् भने १६ हजार ९ सय ४ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर ५६ लाख ५९ हजार ७९ जना उपचारपछि निको भएर घर फर्केको तथ्यांक सार्वजनिक भइरहेको बेला ५७ हजार ५ सय ३१ जना गम्भीर अवस्थाका विरामी रहेको जनाइएको छ ।

 

Comments

Top