उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण, ८ पुरुष र ६ महिलामा संक्रमण देखियो

Corona_Test

काठमाडौं । उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२, ललितपुर र भक्तपुरमा १/१ जना गरी १४ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा डा. गौतमले ती १२ मध्ये ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको बताए । त्यस्तै बाग्मतीप्रदेशमा पछिल्लो अपडेटअनुसार १६ जनामा संक्रमण देखिएको पनि उनले जनाए ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार नेपालभर ३ सय १६ जना थप संक्रमित पुष्टी भएका छन् भने ६० जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जना संक्रमित भएका छन् भने ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना कै कारण २९ जनाको मृत्यु भएको छ ।

Comments

Top