पेट्रोलियम पदार्थमा मूल्यवृध्दि, एकैपटक पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

PEt

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आयल निगमले मंगलबार गरेको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा मूल्य बढेको जनाइएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित