नेपालमा थप ४८२ जनामा संक्रमण, देशभर संक्रमित संख्या १४ हजार नाघ्यो

J_1


काठमाडौं । देशभर नयाँ संक्रमितको संख्या ४८१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४८२ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १४ हजार ४६ जना संक्रमित पुगेका छन् । यसअघि मंगलबार ३ सय १६ नयाँ संक्रमित देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमले अहिले ९ हजार ३ सय ६० जना संक्रमितहरू आईसोलेशनमा उपचारका क्रममा रहेको बताए । उनले हालसम्म २३ परिक्षण केन्द्रबाट परीक्षण गरिँदै आएकोमा निकट भविष्यमै थप १० स्थानमा परीक्षण सुरू गरिने जनाएका छन् ।

गौतमका अनुसार गत २४ घन्टामा १० हजार भन्दा बढी जना डिस्चार्ज भएकाे बताए पनि सबैको तथ्यांक भने अाउन बाँकी रहेको बताएका छन् । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

 

Comments

Top