नेपालमा एकै दिन १४६२ कोरोना मुक्त, हालसम्म ४ हजार ६ सय ५६ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एकै दिन १ हजार ४ सय ६२ जना कोरोना मुक्त भएको जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा डा. गौतमले ४ सय ६२ जनाको तथ्यांक दिँदै बाँकी १ हजार जना पनि डिस्चार्ज भएको बताएका हुन् । तर तथ्यांक भने नआईसकेको बताएका छन् । 

डा. गौतमले नेपालमा हालसम्म १४ हजार ४६ जना संक्रमित भएको बताए । त्यस्तै हाल उपचारका क्रममा आईसोलेसनमा ९ हजार ३ सय ६० जना रहेको पनि बताए । यसअघि मंगलबार सम्म ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका थिए । 

त्यस्तै उनले अछाम रामरोशनका एक पुरूषको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेका छन् । यससँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको बताए ।

Comments

Top