भारत र पाकिस्तानद्धारा दुवै देशको जेलमा रहेका ६९६ नागरिक रिहा

pakis

नयाँदिल्ली । भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो ।

बुधबार दिइएको त्यस जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवा नागरिक गरी ३७२ जना नागरिक रिहा भएका छन् । उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ ।

त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २७० जना माछा मार्ने भारतीय मछुवा नागरिक गरी ३२४ नागरिक भारतसमक्ष हस्तान्तरण गरेको छ । उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।

Comments

Top