भारतमा संक्रमित संख्या ६ लाख नाघ्यो

ind

नयाँदिल्ली । विश्वभर फैलिएको कोरोना भाईरसका कारण संक्रमित हुनेको संख्या भारतमा ६ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म भारतमा ६ लाख ३ हजार ५१ जना संक्रमित देखिएका छन् ।

हालसम्म १७ हजार ७ सय ९३ जनाको ज्यान लिइसकेको कोरोना संक्रमित मध्ये भारतमा ३ लाख ५८ हजार४ सय ५३ जना निको भइसकेका छन् ।

त्यस्तै अर्को सार्क सदस्य राष्ट्र पाकिस्तानमा संक्रमितको संख्या २ लाख १३ हजार ४ सय ७० पुगेको छ भने हालसम्म ४ हजार ३ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्को सार्क सदस्य राष्ट्र बंगलादेशमा भने संक्रमितको संख्या १ लाख ४९ हजार २ सय ५८ पुगेको छ । बंगलादेशमा हालसम्म १ हजार ८ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top