थप ४७३ मा कोरोना संक्रमण

J_1

काठमाडौं । देशभर नयाँ संक्रमितको संख्या ४७३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४७३ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १४ हजार ५ सय १९ जना संक्रमित पुगेका छन् । 

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

हालसम्म देशभर ५ हजार ३ सय २० जना कोरोना मुक्त भएको पनि गाैतमले बताए । 

 

Comments

Top