रसियालाई उछिन्दै संक्रमित सूचीमा भारत तेस्रो स्थानमा, करिब ७ लाख संक्रमित, १९ हजार ७ सयको मृत्यु

ind

काठमाडौं । कोरोना संक्रमितको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । पछिल्लो २४ घन्टामा २३ हजार ९ सय ३२ नयाँ संक्रमित थपिएसँगै भारतले रसियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो ।

हालसम्म विश्वमा सबैभन्दा धेरै अमेरिकामा संक्रमित र मृतकको संख्या पुगेको छ । अमेरिकामा हालसम्म २९ लाख ८२ हजार ९ सय २८ संक्रमित पुगेका छन् भने १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १६ लाख ४ हजार ५ सय ८५ जना संक्रमित भएकोमा ६४ हजार ९ सय जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा हालसम्म ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित देखिएकोमा १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । रसियामा हालसम्म ६ लाख ८१ हजार २ सय ५१ जनामा संक्रमण देखिएको छ भने १० हजार १ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top