युरोपमा कोरोना संक्रमण नियन्त्रोन्मुख, यी तीन देशमा ४८ घन्टामा देखिएनन् नयाँ संक्रमित र मृतक

EU_1

काठमाडौं । कोरोना संक्रमितको सुरुवातका समयमा अत्याधिक रुपमा चपेटामा परेको स्पेन र फ्रान्समा कोरोना नियन्त्रणमा पुगेको छ । त्यस्तै स्वीडेनमा पनि गत ४८ घन्टामा कुनै पनि संक्रमित र मृतकको संख्या देखिएको छैन । गत ४८ घन्टामा एक जनामा पनि नयाँ संक्रमित र मृतक नदेखिएका यी दुई देश कुनै बेला सर्वाधिक संक्रमित र मृतक हुने गरेका देशमा पर्दथे ।

युरोपभरिमा पछिल्लो घन्टामा जम्मा १० हजार ९ सय ९६ जना नयाँ संक्रमित थपिएकोमा रसियामा मात्रै ६ हजार ७ सय ३६ संक्रमित देखिएका छन् । त्यस्तै २ सय ५५ जनाको मृत्यु भएकोमा १ सय ३४ जना रसियामा मात्रै ज्यान गुमाएका छन् ।

विश्वमा १ करोड १५ लाख ५५ हजार २ सय ८० जना संक्रमित पुगेको पछिल्लो अवस्थामा ५ लाख ३६ हजार ७ सय १९ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७५ हजार ४ सय ९९ जना नयाँ संक्रमित देखिएका छन् भने ३ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ । यस अवधिमा स्पेन र फ्रान्समा भने एक जना पनि नयाँ संक्रमित देखिएका छैनन् र मृतक पनि देखिएका छैनन् ।

data

हालसम्म स्पेनमा २ लाख ९७ हजार ६ सय २५ संक्रमित देखिएका छन् भने २८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ । हालसम्मको अवस्थामा स्पेन विश्वभरि संक्रमितको सूचीमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै फ्रान्समा हालसम्म १ लाख ६६ हजार ९ सय ६० संक्रमित र २९ हजार ८ सय ९३ को मृत्यु भइसकेको छ । फ्रान्स अहिले संक्रमित सूचीमा साउथ अफ्रिकाभन्दा पछाडी र बंगलादेशभन्दा अगाडि १७ औं स्थानमा पुगेको छ ।

त्यस्तै अर्को युरापेली मुलुक स्वीडेनमा पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमित र मृतकको संख्या देखिएको छैन । ७७ हजार ४ सय १९ संक्रमित रहेको स्वीडेनमा हालसम्म ५ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै अमेरिकामा संक्रमित र मृतकको संख्या पुगेको छ । अमेरिकामा हालसम्म २९ लाख ८२ हजार ९ सय २८ संक्रमित पुगेका छन् भने १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

 

Comments

Top