नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु, गतिरोध अन्त्य हुने अनुमान

OLI_Prachanda

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल सुरू भएको छ । प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष दाहाल बिहान ९ बजेतिर बालुवाटार पुगेको जनाइएको छ । 

दुई अध्यक्षबीच पार्टीमा देखिएको राजनीतिक घटनाक्रमका बीच आइतबार पनि छलफल भएकोमा कुनै निष्कर्ष निक्लिएको थिएन । त्यसैले आजको छलफलबाट पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ।

यसैगरी आज बस्ने भनिएको स्थायी समितिको वैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया

सम्बन्धित