किन आए भारतीय गुप्तचर अधिकारीहरु नेपाल भ्रमणमा ?

Nepal_India

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता देखिएसँगै भारतीय गुप्तचर संस्थाका प्रमुखहरु नेपाल आएको जनाइएको छ । नेपालको राजनीतिक अवस्था वा चीनसँगको विवादपछि भारतीय अधिकारीहरु नेपाल प्रवेश गर्नुको कुनै स्पष्टता भने देखिइसकेको छैन ।

उच्च स्रोतका अनुसार ‘रअ’का प्रमुख सामन्तकुमार गोयल, इन्टेलिजेन्स ब्युरो (आईबी) का प्रमुख अरविन्दकुमारलगायत अन्य उच्च गुप्तचर अधिकारीहरु काठमाडौं आएका भित्रिएका छन् ।

उनीहरुमध्ये कतिपय सडकमार्गबाट नेपाल भित्रिएको जनाइएको छ । काँकडभिट्टा नाकाबाट नेपाल छिरेको अनुमान गरिएको उनीहरूले चीनसँगको विवादपछि नेपाल भ्रमण गर्नुलाई आश्चर्यजनक रुपमा लिइएको छ । नेपालको राजनीतिक अवस्था वा चीनसँगको विवादका कारण नेपाल आएकोबारेमा स्पष्ट भने हुन नसकिएको जनाइएको छ ।

भारतीय गुप्तचर टोलीले नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेको जनाइए पनि पुष्टी भने भइसकेको छैन ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा। मिनेन्द्र रिजाल, देउवाकी धर्मपत्नी तथा पूर्व सांसद् आरजू देउवासँग पनि भारतीय गुप्तचर टोलीले भेटेको छ । त्यसैगरी डा। बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्त ठाकुरसँग पनि भारतीय उच्च टोलीले भेटेको बुझिएको छ ।

यसैबीच भारतीय गुप्तचर संस्थाका प्रतिनिधिहरु नेपाल आएसँगै चिनियाँ राजदूतले पनि नेपाली राजनीतिक नेताहरुसँग भेट गरेको समाचार बाहिरिएको छ ।

भारत र चीनबीच सीमाका सम्बन्धमा पछिल्ला दिनहरुमा विवाद एवं मुठभेड हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित