कोरोना कष्टः विश्वभर ५ लाख ४० हजार बढीको मृत्यु, १ करोड १७ लाख बढी संक्रमित

world-corona

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म १ करोड १७ लाख ३१ हजार ४ सय ८१ जना संक्रमित देखिएको विश्वमा ५ लाख ४० हजार २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा १ लाख ६९ हजार ९ सय ९३ जना नयाँ संक्रमित देखिएको विश्वमा ३ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म विश्वमा सबैभन्दा धेरै अमेरिकामा ३० लाख ३० हजार ६ सय ३६ जना संक्रमित देखिएका छन् भने १ लाख ३२ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top