छिमेकीको नियति: भारतमा संक्रमित संख्या ७ लाख बढी, २० हजार बढीले ज्यान गुमाए

ind

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा भारतमा थप २२ हजार ५ सय १० जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको हो ।

त्यस्तै भारतमा मृत्यु हुनेको संख्या पनि २० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ७४ जनाको मृत्यु भएको भारतमा हालसम्म २० हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

भारत हालसम्म संक्रमित हुने देशहरुको सूचीमा विश्वकै तेस्रो स्थानमा पुगेको छ । संक्रमितको सूचीमा अमेरिका र ब्राजिलपछि भारत रहेको छ भने, भारतको पछिपछि रसिया रहेको छ । भारतमा हालसम्म ९ लाख ७८ हजार ६ सय १५ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघेको छ । हालसम्म १ करोड १७ लाख ३१ हजार ४ सय ८१ जना संक्रमित देखिएको विश्वमा ५ लाख ४० हजार २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा १ लाख ६९ हजार ९ सय ९३ जना नयाँ संक्रमित देखिएको विश्वमा ३ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै हालसम्म विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६६ लाख २३ हजार ५३ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै अमेरिकामा ३० लाख ३० हजार ६ सय ३६ जना संक्रमित देखिएका छन् भने १ लाख ३२ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top