देशभर थप २०४ मा काेराेना संक्रमण, देशभर संक्रमितको संख्या १६ हजार नाघ्यो

Corona_Update

काठमाडौं । मंगलबार नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार यससँगै देशभर हालसम्म जम्मा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । 

गत २४ घन्टामा ६८८ जना डिस्चार्ज भएसँगै हालसम्म ७ हजार ४ सय ९९ पुगेको छ ।

त्यस्तै हालसम्म ३५ जनाको मृत्यु भएको जनाइएको छ ।

 

Comments

Top