सांसद् बस्नेतको पहलमा भक्तपुरका ३६ सांस्कृतिक मठमन्दिरको पुनर्निर्माणमा बजेट (सूचीसहित)

mmm

भक्तपुर । मन्दिरै मन्दिरको जिल्ला, सांस्कृतिक धरोहरको जिल्ला भक्तपुरका मठमन्दिर,पार्टी, सत्तलका लागि विभिन्न योजनाहरुमा बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि पुर्ननिर्माण प्राधिकरणले विभिन्न योजनाहरुमा बजेट पारेको् भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले जनाए ।

भक्तपुरको विकासमा अहोरात्र खटिँदै आएका सांसद बस्नेतले सांस्कृतिक धरोहरको जिल्ला भक्तपुरको संरक्षण र सम्बद्र्धनमा आफूले जतिसक्दो पहल गर्दै आएको बताउँदै सम्बन्धित निकायले पनि बजेट विनियोजन गरेर आफ्नो इच्छा र आकांक्षामा सहयोग पुर्याएकोले आगामी दिनमा समाजप्रति आफ्नो दायित्व झन् बढेको बताएका छन् । उनले प्राधिकरणले भक्तपुरका विभिन्न स्थानीय तहअन्तर्गतका ३६ योजनामा बजेट परेको पनि जनाए । 

नेपाल सरकारको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत आ।ब २०७७/७८ को कार्यक्रममा भक्तपुर जिल्ला भित्रका मठःमन्दिर,पार्टी र सत्तल पुनस्निर्माण र संरक्षणका लागि विनियोजित बजेटहरु यस प्रकार छन्।


मध्यपुर थिमी नगरपालिका अन्तर्गत
१,वप्पा विशेश्वर महादेब संरक्षण म.थि.न.पा–४ .रु ५० लाख
२,महालक्ष्मी मन्दिर संरक्षण गर्ने वोडे म.थि.न.पा–८ .रु २० लाख
३,नगदेशस्थित गणेश मन्दिर तथा सत्तल जिर्णोध्दार गर्ने.रु५०लाख
४,करुणामय मन्दिर संरक्षण गर्ने म.थि.न.पा–४ .रु २० लाख
५,त्तहुयेल गणेश मन्दिर संरक्षण गर्ने म.थि.न.पा–४ .रु २० लाख
६,गणेश मन्दिर संरक्षण गर्ने म.थि.न.पा–१ लोकन्थली .रु २० लाख
७,गुणकिर्ती महाविर संरक्षण गर्ने म.थि.न.पा– ५ दिगुटोल.रु२०लाख
८,नारायण मन्दिर संरक्षण गर्ने म.थि.न.पा– ८ वोडे .रु २० लाख

सूर्यविनायक नगरपालिका अन्तर्गत
९,गणेश मन्दिर सहित भजनपाटी संरक्षण वडानं४चित्रपुर.रु३०लाख
१०,चरखण्डेश्वर पार्टी पुन निर्माण गर्ने सुयलगाउँ(१ .रु ३० लाख
११,नन्दिकेश्वर महादेव मन्दिर संरक्षण गर्ने वडा नं (९ .रु ५० लाख
१२,भिमसेन मन्दिर संरक्षण गर्ने वडा नं (७ .रु २० लाख
१३,सुवर्णेश्वर महादेव मन्दिर र परिसरको सत्तल पुन निर्माण गर्ने कटुञ्जे ५ .रु ३० लाख
१४,माकलेपाटी संरक्षण गर्ने दधिकोट(४ .रु ३० लाख
१५,रातोपाटी संरक्षण गर्ने गुण्डू (७ .रु ३० लाख
१६,मुसी गणेश मन्दिर संरक्षण गर्ने चितापोल(१० .रु ३० लाख
१७,कृष्ण मन्दिर संरक्षण गर्ने दधिकोट (४ .रु ४० लाख
१८,राधाकृष्ण मन्दिर पुन निर्माण तर्खगाल( ४ .रु ३० लाख
१९,सूर्यविनायक मन्दिर परिसरको उत्तर तर्फको पार्टी पुन निर्माण गर्ने सिपाडोल (८ .रु ३० लाख
२०,साईराम गणेश मन्दिर संरक्षण न्यौपानेटोल ४ .रु २० लाख
२१,डोलेश्वर महादेव मन्दिर र परिसर संरक्षण ८ .रु ५० लाख


चागुनारायण नगरपालिका अन्तर्गत
२२,ग्वालदह मठ तथा परिसर रहेका सम्पदाहरुको संरक्षण तथा पुन निर्माण गर्ने चागु . रु ३५ लाख
२३,गणेश महादेव मन्दिर तथा सत्तल पुन निर्माण गर्ने झौखेल रु३० लाख
२४,सरस्वती मन्दिर संगैको पाटी संरक्षण चागुनारायण.रु ३० लाख
२५,चागुनारायण मन्दिर परिसरका सत्तलहरु संरक्षण. २ करोड


भक्तपुर नगरपालिका अन्तर्गत
२६,हनुमानघाट परिसरका रामजानकी मन्दिर दक्षिण मोहडाका दशकृया तथा विरामी राख्ने सत्तल,दक्षिण मुख भएको गणेश मन्दिर,कलात्मक प्लास्टर ढोका भएको महादेव मन्दिर तथा सत्तल पुन निर्माण गर्ने रु १ करोड
२७,जेठा गणेश पोछे संरक्षण कार्य पोटरी स्क्वायररु ४५ लाख
२८,पुजारी मठ काठकला संग्रहालय भवन संरक्षण गर्ने रु ५० लाख
२९,यक्षेश्वर महादेब मन्दिर संरक्षण कार्य दरवार परिसर रु ३० लाख ३०,राम मन्दिर परिसरमा रहेका शिव मन्दिर तथा सत्तल पाटी संरक्षण गर्ने भ न पा (१२ रु २० लाख
३१,बालाखु गणेश पोछे संरक्षण गर्ने लालाछे रु ६५ लाख
३२,पुलिस हाउस संरक्षण गर्ने र भक्तपुर दरवार स्क्वायर पुन निर्माण गर्नेरु १ करोड
३३,जगन्नाथ मन्दिर संरक्षण गर्ने खौंमा ढोका संगैको रु ४० लाख
३४,जगन्नाथ मन्दिर संरक्षण गर्ने अरनिको सदन संगैको रु ४० लाख
३५,वंशीगोपाल (कृष्ण मन्दिर)संरक्षण गर्ने भ न पा ३ रु ५० लाख
३६,फसिदेव संरक्षण गर्ने भक्तपुररु १ करोड ५०लाख

Comments

Top