देशभर १ सय ८ नयाँ संक्रमित, देशभर संक्रमित १६५३१ पुगे

J_1

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ५३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बिहीबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

 

 

 

Comments

Top