लमजुङमा पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु, ३ घाइते

lamjung

 

लमजुङ । लगातार परेको पानीका कारण गएको पहिरोले घर पुरिँदा लमजुङका एकै घरका ३ जनाको मृत्यु भएको छ ।

लमजुङको बेसीसहर नगरपालिका वडा नं. ७ स्थित सातबिसेमा बिहीबार राति गएको पहिरोले एक घर पुरिँदा तीन जनाको मृत्यु भएको र बाँकी ३ जना घाइते भएका छन् ।

स्थानीय आश गुरुङका अनुसार मृत्यु हुनेमा दीपक तामाङ, बिमाया गुरुङ र छेवाङ तामाङ रहेको जनाइएको छ ।

उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते रहेको र लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गराइँदै गरेको पनि गुरुङले बताए ।

Comments

Top