सडक दुर्घटनापछि भाग्न खोज्दा भारतीय अपराधी विकास दुवे ‘इन्काउन्टर’मा मारिए

dube

उज्जेन । कानपुरमा ८ प्रहरीको हत्यापछि फरार रहेका भारतीय अपराधी विकास दुवे मारिएका छन् ।

भारतको उज्जेनबाट कानपुर लैजाँदै गर्दा शुक्रबार बिहान उनी चढेको गाडी दुर्घटनापछि उनी भाग्न खोज्दा प्रहरीको इन्काउन्टरमा उनी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त घटना बिहान साढे ६ बजेतिर भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान भएको गाडी दुर्घटनापछि उनले प्रहरीको हतियार खोस्न लागेपछि प्रहरीसँग भएको भिडन्तमा उनी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments

Top