भारतमा कोरोना संक्रमित ८ लाख नाघे, २१ हजार बढीको मृत्यु

ind

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमित संख्यामा विश्वमा तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ८ लाख ४ हजार ८ सय ६१ जना संक्रमित भएका छन् ।

हालसम्म भारतमा २१ हजार ७ सय ७६ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै संक्रमित रहेका छन् । पछिल्ला दिनमा भारतमा अत्याधिक रुपमा संक्रमितको संख्या थपिइरहेको छ ।

हालसम्म अमेरिकामा ३२ हजार ४० हजार २ सय ६८ संक्रमित पुगेका छन् भने १ लाख ३६ हजार २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा हालसम्म १७ लाख ६२ हजार २ सय ६३ जना संक्रमित छन् भने ६९ हजार ३ सय १६ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा १ करोड २४ लाख ६२ हजार ५ सय ३१ जना संक्रमित भएका छन् भने ५ लाख ५८ हजार ७ सय ९५ जनाको मृत्इु भइसककेो छ । हालसम्म विश्व्मा ७२ लाख ६१ हजार ५ सय ३९ जना कोरोनामुक्त भइसकेका छन् ।

Comments

Top