कोरोना संक्रमित संख्यामा दिनदिनै रेकर्ड, एकैदिन २ लाख ३२ हजार बढी संक्रमित

world-corona

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण संक्रमितको सूचीमा अहिलेसम्मकै रेकर्ड कायम भएको छ । पछिल्ला दिनहरुमा विश्वमा अत्याधिक रुपमा संक्रमित बढ्दै गरेको अवस्थामा दिनदिनै रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घन्टामा २ लाख ३२ हजार ३० जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा ३२ लाख ८८ हजार ७ सय ७५ जना पुगेको छ भने मृतकको संख्या १ लाख ३६ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ६८ हजार ७ सय ७६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै संक्रमित र मृतकको सूचीमा विश्वकै दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १८ लाख ४ हजार ३ सय ३८ जना संक्रमित रहेका छन् ।

त्यस्तै हालसम्म कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ७० हजार ५ सय २४ पुगेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४५ हजार २ सय ३५ जना नयाँ संक्रमित देखिएका छन् भने १ हजार २ सय ७० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १ करोड २६ लाख ११ हजार ६ सय ९१ जना संक्रमित पुगेका छन् भने ५ लाख ६१ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top