कोरोना केन्द्रविन्दु बन्दै भारत, तीन दिनमा ७९ हजारभन्दा बढी संक्रमित

ind

 

काठमाडौं । भारतमा लगातार तीनदिनसम्म २५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दक्षिण एसियाको कोरोनाको केन्द्रबिन्दु एवं विश्वमै तेस्रो स्थानमा रहेको भारतमा पछिल्ला तीन दिनमा ७९ हजारभन्दा बढीलाई कोरोना भाइरको संक्रमण भएको छ ।

विहीबार २५ हजार ५ सय ७१ जना, शुक्रबार २५ हजार ७ सय ९० जना संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ७ सय २८ जना संक्रमण देखिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ७० पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार १ सय ४४ पुगेको छ ।

Comments

Top